संवैधानिक इजलासमा अधिवक्ता बन्दीको प्रश्न : मध्यरातमा निर्णय गर्नुमा राष्ट्रपतिको नियत के ?

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु भएको छ ।

आज शुरुमा बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले संविधानको धारा ७६(५) बमोजिम आह्वानपछि ५ पूर्व प्रधानमन्त्रीहरुसहित १४९ सांसदहरुको हस्ताक्षर लिएर प्रधानमन्त्री दाबी गर्नु नै विश्वसनीय आधार भएको जिकिर गरेका छन् ।

त्यस्तै बहस गर्दै बन्दीले प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई बाहेक अरुलाई देख्न नचाइको हो कि भन्दै प्रश्न समेत गरेका छन् ।

“केपी शर्मा ओलीबाहेकलाई प्रधानमन्त्री बनाउन नचाहेको होइन र ? राष्ट्रपतिलाई यहाँभन्दा विश्वासनीय आधार के चाहियो श्रीमान ?”  अधिवक्ता बन्दीको प्रश्न रहेको थियो ।

बहस गर्दै बन्दीले बाहलवाला प्रधानमन्त्री नै पुनः प्रधानमन्त्रीको लागि पत्र लिएर पुग्नु जायज नभएको जिकिर गरे । त्यतिमात्र नभएर राष्ट्रपतिले मध्यराती नै उक्त निर्णय लिनको पछाडी के नियत हुनसक्छ भन्दै प्रश्न गरे ।

उनले भने- “यहाँ त बहालवाला प्रधानमन्त्री नै मलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै पुगेका छन् । राष्ट्रपतिले मध्यरातमा नै किन निर्णय गर्नुपर्यो ? उहाँको नियत गलत थियो भन्ने आधार नै यहि हो । राजीतिक पार्टीको सहमती वा समर्थन म्यान्डेटरी नै छैन भने त्यसलाई देखाएर आफ्नो नियत राष्ट्रपतिको पूरा गर्न पाउँछ श्रीमान ?”

त्यस्तै आज उनी लगायत ५ जना कानून व्यवसायीहरुले बहस गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?