काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अधिवक्ता खम्बरबहादुर खातीले बहस गरेका छन् ।
जारी बहसका क्रममा अधिवक्ता खातीले विपक्षी गठबन्धनका तर्फबाट प्रस्तावित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने माग गरेका छन् ।
बहस गर्दै अधिवक्ता खातीले आफू अनुकुल परिस्थिती नदेखाई कुत्सित मनसाय राखेर नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दाबी गरे ।
त्यसैगरी राजनीतिक दलसम्बन्धीको प्रोभिजन उक्त मुद्दामा लागू हुने अवस्था नभएको समेत उनले दाबी गरे ।
“राजनीतिक दलसम्बन्धीको प्रोभिजन यो मुद्दाामा लागू हुने अवस्था छैन । आफ्नो अनुकुल परिस्थिती नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनसाय) राखेर प्रतिनिधि सभा विघटन गरिएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ ।” उनले भने ।
त्यसैगरी उनले राष्ट्रपति कार्यालयले विपक्षी गठबन्धनका तर्फबाट १४६ सांसद सशरिर गएको बताउँदै ओलीले विश्वासको मत लिन चाहन्न भन्ने आधार र कारण पेश गरेको अवस्था रहेको जिकिर गरे ।
“१४६ जना सांसद सशरिर उपस्थित भएर रिट हालेको अवस्था छ । फागुन २७ मा विश्वासको मत प्राप्त नगरेपछि ओलीलाई लार्जेस्ट पार्टीको रुपमा पीएम नियुक्त गरेको छ । त्यसपछि विश्वासको मत लिन चाहान्न भनेर आधार र कारण पेश गरेको अवस्था छ ।” उनले भने ।
यसअघि बहस गर्दै अधिवक्ता गोबिन्द बन्दीले मध्यरातमा राष्ट्रपतिले संसद विघटन गर्नुमा नियत सहि या गलत भन्दै प्रश्न उठाएका थिए ।
यो पनि
संवैधानिक इजलासमा अधिवक्ता बन्दीको प्रश्न : मध्यरातमा निर्णय गर्नुमा राष्ट्रपतिको नियत के ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया