काठमाडौं । शेरबहादुर तामाङले १९ दिन वर्तमान सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाले ।
मंगलवार सर्वोच्च अदालतले विस्तारित मन्त्रीमण्डलविरुद्ध अन्तरिम आदेश जारी गरेसँगै उनीसहित २० जनाको पद गएको छ ।
निर्वतमान मन्त्री तामाङले आफूले १९ दिनमा कोरोना रोकथाम तथा नियुत्तणमा लाग्नेदेखि लिएर गाँजाको औषधीय उपयोग र अनुसन्धानका लागि पहल गर्नेसम्ममका योजना बनाएको बताए ।
बुधवार सामाजिक सञ्जालमा लेख्दै निवर्तमान मन्त्री तामाङले त्यसबारे जानकारी दिएका हुन् ।
कोरोनाविरुद्धको खोप ल्याउने सम्बन्धी सबै प्रक्रिया पुरा भएको केहिदिनमा खोप आउने सुनिस्चित भएको उनले बताए । त्यतिमात्रै नभएर सबै नागरिकको स्वास्थ्य उपचार निशुल्क गर्नेबारे छलफल भएको र प्रारम्भिक प्रक्रिया समेत शुरु गरिसकेको उनले बताएका छन् ।
उनले भने- ‘कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)’
त्यसैगरी सबै सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाई अस्पतालमा आउने बिरामीको निशुल्क उपचार गर्ने व्यवस्थासहित गाँजालाई औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया