साढे दुई घण्टामै शेयर बजार राताम्मे : भारी गिरावट

काठमाडौं । बुधवार कारोबार शुरु भएको साढे दुई घण्टामै शेयर बजार राताम्य भएको छ ।

यो समाचार तयार पर्दाको अवधिसम्म १ बजेर ३२ मिनेटमा शेयर बजार ५४.८२ अंकले गिरावट आई २८५९.०१ मा पुगेको छ ।

यस अवधिमा ४ अर्ब ७१ करोड ६३ लाख ६१ हजार ५ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिसम्म १ करोड ३ लाख ५५ हजार ५ सय ४ कित्ता शेयर किनबेच भएको छ । आज २ सय १४ कम्पनीहरुको कारोबार भएको छ ।

यस अवधिसम्म सबै उपसमूहहरुका कारोबारमा गिरावट आएको छ । यो अवधिसम्म लिवेट्री इनर्जी कम्पनी,बरुण हाईड्रो पावर कम्पनी,मल्टिप्रपोज फाइनान्स कम्पनी लगायतका कम्पनीहरुको शेयर मूल्यमा गिरावटआएको छ ।\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?