काठमाडौं । विभिन्न ५ विद्यार्थी संगठनले बिहीवार (भोली) सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अलोकतान्त्रिक र असंवैधानिक कदमहरु चालेको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्वीयू(नेपाल पक्ष), जनता समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौँले संयुक्त आन्दोलन गर्न लागेका हुन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोनाबाट जनता आक्रान्त भइरहेको बेला जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि राष्ट्रघात, कुशासन, महंगी र भ्रष्ट्राचार थोपरिएको आरोप लगाएका छन् ।
‘नेपाली जनताको अन्यन्तै ठूलो त्याग, वलिदानी र समर्पणको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर उद्धत रहेको सर्वविदितै छ । प्रधानमन्त्री ओलीको हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कमदलाई संविधान रक्षकको कर्तव्यबाट च्युत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बना बनेको छ । संविधानको चिरहरण गरेर दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत र सहुलित दिनुको साटो एकपछि अर्को राष्ट्रघात, कुशासन, महंगी र भ्रष्ट्राचार थोपरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी बिहीवार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनीमार्गमा जनश्वास्थ्यका मापदण्डभित्र रही आन्दोलन गर्ने भन्दै आन्दोलनमा उपस्थित हुन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया