काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस हुँदैछ ।
विपक्षीको लिखित जवाफ प्राप्त गरेपछि बुधवारबाट सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु भएको हो ।
बुधवार ५ वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए । बुधवार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की, खम्बरबहादुर खाती, महादेव यादव र गोबिन्द बन्दीले बहस गरेका थिए ।
उक्त बहसलाई आज पनि निरन्तरता दिन लागेको सर्वोच्च प्रशासनले जनाएको छ । आज बहस गर्ने वकिलहरुको नाम भने केहि बेरमा सार्वजनिक हुनेछ ।
निवेदकका तर्फबाट १५ घण्टा र विपक्षीको तर्फबाट १५ घण्टा बहस गरिनेछ कार्यसूची तय गरिएको छ । त्यसपछि ४ जना एमीकस क्यूरी (अदालतको सहयोगी) ले बहस गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया