न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००) लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन् ।

संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

त्यसैगरी आज नै राष्ट्रपति भण्डारीले संवैधानिक निकायमा रिक्त पदाधिकारीसहित २० जनालाई नियुक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?