पूर्व राजाहरुसँग राष्ट्रपतिको तुलना गरेको भन्दै प्रचण्डप्रति पोखरेलको कटाक्ष

काठमाडौं । एमाले नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राष्ट्रपतिसँग पूर्व राजाको तुलना गरेको प्रति आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले पूर्व राजाहरु गुहार्न थालेको आरोप लगाएका छन् ।
बिहीवार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रपति भन्दा पूर्व राजाहरुको अवस्था शानदार रहेको टिप्पणी गरेका थिए । त्यसबारे कटाक्ष गर्दै नेता पोखरेलले प्रचण्डले राजनीतिलाई अराजनीतिक बनाउने खेल गरेको आरोप लगाए ।

सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले भने- ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ??’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?