काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासमा आज पनि बहस जारी छ ।
आजको बहसको क्रममा वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले सरकारले अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरिएको र संसदीय सुनुवाइबिनै शपथ खुवाउनुलाई बदनियतको हद भएको जिकिर गरेका छन् ।
बहसका क्रममा संविधानमा भएका कुराहरु समेत सरकारले नमानेको बताउँदै उनले संविधान कहाँ गयो भनेर प्रश्न समेत गरेका छन् ।
‘बदनियतको पनि हद हुन्छ नि । मन्त्रिपरिषद् विस्तारमा पनि मनपरि । सर्वोच्चले रोकेपछि अहिले आएर ५ जनाले कसरी चलाउनु रे । अझ संविधानको पालना गर्दै अगाडि बढेको रे । संविधान मान्न प्रतिनिधि सभा विघटन गरेर राष्ट्रिय सभाको अधिवेशन बोलाएको रे ।’ वरिष्ठ अधिवक्ता अर्यालले भने ।
त्यस्तै विपक्षीको तर्फबाट बहस गरेका उनले
सरकार कामचलाउ भइसकेको अवस्थामा पनि बहुमत पाएको झै गरि काम कारवाही शुरु गरेको बताए ।
त्यस्तैगरी संविधानको धारा ७६(५) को ब्याख्या गरेर मात्रै नहुने भन्दै उनले राष्ट्रपतिबाट समेत संविधानको उल्लंघन गरेको समेत आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया