काठमाडौं । नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ।
विश्व जुडो च्याम्पियनशिपमा ‘एक बाउट’ जितेकी पहिलो नेपाली खेलाडी सोनियाले टोकियो ओलम्पिकको लागि ‘वाइल्ड कार्ड’ मार्फत इन्ट्री पाएकी हुन्। सन् २०१९ मा मोरोक्कोमा सम्पन्न सो प्रतियोगितामा इतिहास रचेकी सोनियाले १३औं सागमा नेपालको लागि काश्य पदक हात पारेकी थिइन्।
नेपाल जुडो संघका अध्यक्ष हर्ष बज्राचार्यले सोनियाको टोकियो ओलम्पिकमा सहभागी हुन ‘वाइल्ड कार्ड’ इन्ट्री पक्का भएको कुरा जानकारी दिएका हुन्।
सोनिया टोकियो ओलम्पिकमा छनोट हुने पाँचौं नेपाली खेलाडी हुन्। यस अघि शुटिंगकी कल्पना परियार, पौडीका एलेक्स शाह र गौरीका सिंहले टोकियो ओलम्पिकमा सहभागिता पक्का गरिसकेका छन्। त्यस्तै एथलेटिक्सका गोपीचन्द्र पार्कीले पनि टोकियो ओलम्पिकमा सहभागिता जनाउने निश्चित रहेको छ।
टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुने तालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया