चीनले पाकिस्तानलाई बेच्यो यस्तो शक्तिशाली यन्त्र

एजेन्सी । चीन र पाकिस्तानको सम्बन्धले पुन संसारको ध्यान तानेको छ । चीनले पाकिस्तानलाई यस्तो शक्तिशाली यन्त्र बेचेको छ जसले सजिलै अकाशबाट तिब्र गतिमा आइरहेको मिसाइल पत्ता लगाउन सक्छ ।चीनको सहयोगबाट पाकिस्तान आफ्नो मिसाइल कार्यक्रमहरुलाई विकसित र उन्नत बनाउन चाहन्छ ।‘चाइनीज एकेडेमी अफ साइन्स(सीएएस)’का अनुसार पाकिस्तानलाई यस्तो सम्बेदनशील यन्त्र बेच्ने चीन पहिलो राष्ट्र हो ।सीएएसमा ‘इन्टीट्युट अफ अप्टिक्स एण्ड इलेक्ट्रोनिक्स’को एक अनुसन्धानकर्ता झेंग मेंगवेईले ‘साउथ चाइन मर्निङ्ग पोष्ट’लाई यो कुराको जानकारी दिएको छ । संस्थानका अनुसार यो यन्त्रले प्राविधीक रुपमा लामो दूरीसम्म मिसाइललाई पत्ता लगाउन सक्छ ।रिपोर्टका अनुसार पाकिस्तानी सेनाले आफ्नो नयाँ मिसाइल परिक्षण गर्न र त्यसलाई विकसित गर्नको लागि यसको प्रयोग शुरु गरिसकेको छ ।यो यन्त्रबाट पाकिस्तानले एकै पटकमा कयैं दिशाहरुमा मिसाइल पत्ताँ लगाउन सक्दछ । मिसाइल परिक्षणमा यो एक निक्कै ठूलो समस्या हुने गर्छ ।यो यन्त्रमा ज्यादा दूरीसम्म हेर्न मिल्ने टेलिस्कोप पनि लगाइएको छ , जसमा उच्च गतिको क्यमेरा जडित छ ।यसमा सजिलैसँग इन्फारेडलाई पत्ता लगाउन सकिन्छ । र यसको कम्प्युटर सजिलै आकासमा रहेका दुश्मनहरुको गतिमान मिसाइल पत्ता लगाएर त्यसको पिछा गर्न सक्छ ।चीन र पाकिस्तानबीचको यो सम्झौतालाई भारतको ‘अग्नि–५’ मिसाइलसँग पनि जोडेर हेरिदैछ ।भारतले यो वर्षको जनवरी महिनामा ओडिशाको समुन्द्री तट नजिक रहेको अब्दुल कलाम टापूबाट लामो दूरीको ‘अग्नि–५’ इन्टर कन्टिनेन्टल ब्यालेष्टिक मिसाइलको सफल परिक्षण गरेको थियो ।जमिनबाट जमिनसम्म मार हान्न सक्षम यो मिसाइलले पांच हजार किलोमिटर दूरीसम्म निशाना लगाउन सक्दछ ।यो परिक्षण पछि भारत अमेरिका, बेलायत, रुस, चीन र फ्रान्सजस्ता राष्ट्रहरुको समूहमा समाबेश भएको छ । यी सबै राष्ट्रहरुसँग एक महादेशबाट अर्को महादेशसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल छ ।‘अग्नि ५’ को रेन्जमा चीनको कयौं क्षेत्र आँउछ ।पछिल्लो बिहीबार भारतले राजस्थानको पोकरणमा ‘ब्रह्मोस’ मिसाइलको परीक्षण गरेको थियो ।‘ब्रह्मोस’ मिसाइललाई संसारको सबैभन्दा तिब्र गतिको सुपरसोनिक क्रुज मिसाइल मानिएको छ । यसबाट भारतको निशाना लगाउने क्षमता ४०० किलोमिटरले वृद्धी भएको छ ।साउथ चाइन मर्निङ्ग पोस्टको रिपोर्टमा भनिएको छ कि भारतसँग परमाणु हतियार बोक्न सक्ने मिसाइल छ र यसले लामो दूरीसम्म मार हान्न सक्छ ।जबकि पाकिस्तान परमाणु हतियार बोक्न सक्षम मिसाइल विकासमा जोड दिइरहेको छ जसले एकै पटक अलग अलग निशाना लगाउन सक्छ ।चीनले पाकिस्तानलाई ठूलो मात्रामा हतियारहरु बेच्ने गर्दछ । यसमा जहाज, पनडुब्बी र लडाकू विमानहरु समाबेश छन् ।चीनको शिनचियाङ्ग प्रान्त र पाकिस्तानको ग्वादर बंन्दरगाह जोडने चीन–पाकिस्तान आर्थिक कोरिडोरलाइ लिएर भारतको पहिलेदेखि आपत्ती जनाइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?