अर्थ तथा गृहमन्त्री विष्णु पौडेलले भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने बताएका छन् ।
गृहजिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले
सवै नेपालीलाई खोप उपलव्ध गराउने दावी गरेका हुन् । ताजा जनादेशको विकल्प नरहेको उल्लेख गर्दै मन्त्री पौडेलले निर्वाचन नै अबको निकास भएको बताए।
मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गरे । उनले सरकारले निर्वाचनमा गरेको बाचाअनुसार विकासका नयाँनयाँ काम गरेको पनि दावी गरे ।
२०६५ सालमा आफू जलस्रोत मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोचलाई शुरुमा कतिपयले विश्वास नगरी चुनावी प्रचार जस्तै ठानेको स्मरण गर्दै मन्त्री पौडेलले अव योजना अगाडि बढेको बताए । आयोजनाबाट १ लाख ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया