दाङमा खोलाले बगाउँदा एक महिला बेपत्ता

लोकपथ
98
Shares

काठमाडौं । दाङमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। शनिवार साढे २ बजेतिर स्थानीय पत्रेखोला तर्ने क्रममा घोराही ११ निबासी महिला बेपता भएकी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन ।

घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै ठूलो छ । त्यसले गर्दा पनि खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?