एमालेको ‘रियल लिडर’ माधवजी हुन्, देउवाको दायाँबायाँ हामी छौं- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमालेको वास्तविक नेता माधवकुमार नेपाल भएको बताएका छन् । शनिवार पत्रकारहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रियामा बोल्दै प्रचण्डले एमालेको ‘रियल लिडर’ नेपाल भएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने बताएका छन् । एक सय ४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले देउवालाई प्रधानमन्त्री नबनाई नहुने प्रचण्डको जिकिर छ ।

विपक्षी गठबन्धन लामो समयसम्म अघि बढ्ने दावी गर्दै प्रचण्डले धेरै एक्सपोज नगर्न आग्रह गरे । कार्यक्रममा उनले भने, “शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौ । हामीले नै देउवालाई प्रम अफर गरेका हौ, उहाँले मागेको होइन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?