कर्णाली प्रदेशको बैठक आह्वान

काठमाडौं, १० चैत । कर्णाली प्रदेशको बैठक आगामी चैत १६ गतेको लागि आह्वान गरिएको ।मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गत फागुन१५ गते विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको कर्णाली प्रदेशसभा बैठक बस्न लागेको हो ।बैठक चैत १६ गते दिउँसो १ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयका शाखा अधिकृत बद्रीय ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?