काठमाडौं । साताको पहिलो दिन आज आइतवार शेयर बजारमा हरियाली छाएको छ ।
आज शेयर बजार २७.३८ अंकले वृद्धि भई २८७०.३८ मा पुगेर कारोबार रोकिएको छ । नेपाल धितोपत्र बोर्डले गरेको निर्णयपछि लगातार घटेको शेयर बजारमा आज केही सुधार देखिएको हो ।
बजारमा हरियाली छाएपनि कारोबार रकममा भने खासै प्रगति हुन सकेन । १८ खर्वको हाराहारीमा पुगेको बजार अहिले ७ खर्वमा सिमित भएको छ । आज ७ खर्व १६ अर्व ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै,आज २२७ कम्पनीको २ करोड ९ लाख भन्दा बढी कित्ता सेयर किनबेच भएको छ ।
आइतवार ५ उपसमूहको कारोबार घटेको छ भने ७ वटा उपसमूहको कारोबार बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया