युरो कप २०२० : अन्तिम १६ मा आज स्पेनलाई क्रोएसियाको चुनौती, फ्रान्स र स्विट्जरल्यान्ड पनि आमने सामने हुँदै

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत सोमवार राती उपाधि दावेदार टोलीहरु प्रतिस्पर्धा गर्दै छन्।

पहिलो खेलमा सन् २०१८ को विश्वकप फुटबल उप-विजेता क्रोएसया र अर्को दावेदार टोली स्पेन प्रतिस्पर्धा गर्दै छन् भने दोस्रो खेलमा वर्तमान विश्वकप विजेता फ्रान्स र ‘अण्डरडग’ टोली स्विट्जरल्यान्ड आमने सामने हुँदै छन्।

आजका दुई खेल

१) क्रोएसियाविरुद्ध स्पेन


नेपाली समय: बेलुकी ९:४५
स्थान: टेलिया पार्क, कोपनहेगन, डेनमार्क
क्रोएसिया: समूह ‘डी’ उप-विजेता
स्पेन: समूह ‘ई’ उप-विजेता
प्लेयर्स टू वाच: लुका मोड्रिच (क्रोएसिया), अल्भारो मोराटा (स्पेन)

 

२) फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड


नेपाली समय: मध्यरात १२:४५
स्थान: एरेना नेशनल, बुखारेस्ट, रोमानिया
फ्रान्स: समूह ‘एफ’ विजेता
स्विट्जरल्यान्ड: समूह ‘ए’ तेस्रो स्थान
प्लेयर्स टू वाच: किलियन एमबाप्पे (फ्रान्स), जेरदान शाकिरी (स्विट्जरल्यान्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?