आजबाट पंचक काल शुरु, भुलेर पनि नगर्नुहोस् यस्ता काम

लोकपथ
3.7k
Shares

काठमाडौं । २८ जुन अर्थात आजबाट पंचक काल शुरु हुँदैछ । सनातन धर्ममा पंचक काललाई महत्वपूण मानिने गरिएको छ ।

आजबाट शुरुहुने पंचक काल असार १९ सम्म रहने छ ।

पंचक काल

पंचक कालमा कुनैपनि काम शुभ नहुने बताइन्छ । जब चंद्रमा धनिष्ठा नक्षत्रको तृतीय चरण, उत्तराभाद्रपद, पूर्वाभाद्रपद, रेवती र शतभिषा नक्षत्रमा भ्रमण गर्छन् तब पंचक काल शुरू हुन्छ ।

पंचक कालमा मृत्युसँग जोडिएका मान्यताहरु पनि छन् । विभिन्न ठाँउमा त यदी पंचक कालमा कसैको मृत्यु भयो भने अरु पाँच पुत्लाको पनि दाह संस्कार गर्ने चलन छ ।

पंचक हरेक महिनामा पाँच दिन लाग्ने गर्दछ । पंचक धनिष्ठा नक्षत्रको तृतीय चरणबाट शुरु भएर रेवती नक्षत्रमा पुगेर समाप्त हुन्छ ।

पंचक कालमा गर्न नहुने काम :
काठ नकिन्नुहोस्
दक्षीण तर्फको यात्र सकेसम्म नगर्नुहोस्
घरको छत वा ढलान नगर्नुहोस्
निर्माणका काम नगर्नुहोस्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?