नयाँ दिल्ली – भारतीय राज्य सभाका लगभग ९०% सांसदहरु करोडपति रहेको एक रिपोर्टले देखाएको छ । रिपोर्ट अनुसार भारतीय संसदको उपल्लो सदनका विधायिकाहरुको औसत सम्पती ५५ करोड भारु रहेको छ ।रिपोर्ट राज्य सभाका कुल २३३ सांसद मध्य २२९ जना सांसदले स्वयिच्छीक रुपमा बुझाएको सम्पत्ती विवरणका आधारमा निर्माण गरिएको हो । रिपोर्टलाइ भारतीय राष्ट्रिय निर्वाचन अवलोकनकर्ता र एसोसियसन अफ डेमोक्रेटीक रिफर्मले तयार गरेको हो ।“२२९ जना सांसदको सम्पत्ती विश्लेषणमा २०१(८८%) करोडपति देखिए ।” दिल्लीस्थीत थिङ्क ट्याङ्क एसोसिसन अफ डेमोक्रेटीक रिफर्मले रिपोर्ट सार्वजनिक कार्यक्रममा भन्यो । रिपोर्टबारे थप बताउदै सस्थाले भन्यो “राज्य सभाका सांसदको औसत सम्पत्ती ५५.६२ करोड भारु छ” ।राज्य सभा सांसदमध्य जनता दल( युनाइटेड)का महेन्द्र प्रसादसँग सबैभन्दा धेरै सम्पत्ती रहेको छ । उनीसँग ४० अर्ब ७८ करोड ४१ लाख भारु सम्पती रहेको छ ।दोश्रो धेरै सम्पत्ती वाहक समाजबादी पार्टीकी सांसद जया बच्चन (अमिताभ बच्चनकी श्रीमती) देखिइन । उनको सम्पत्ती १० अर्ब १ करोड ६४ लाख भारु रहेको छ ।त्यसपछि भाजपाका रविन्द्र किशोर सिन्हा रहेका छन् जो सँग ८५ करोड ७१ लाख भारु सम्पत्ती रहेको देखिको छ ।प्रमुख पार्टीहरु मध्य सत्तारुड भाजपाको ६४ सांसदसँग प्रति सांसाद २७ करोड ० लाख भारु रहेको रिपोर्टले जनाएको छ । प्रमुख विपक्षी काङ्ग्रेसका ५० सांसदको औसत ४० करोड ९ लाख भारु रहेको देखिएको छ ।त्यस्तै समाजबादी पार्टीका १४ सांसदको औसत सम्पत्ती ९२ करोड ६८ लाख देखिएको छ ।रिपोर्ट अनुसार २२९ राज्य सभा सांसदमध्य ५१ जनाले अफू विरुद्ध अपराधिक मुद्दा रहेको घोषणा गरेका छन् । बढीमा २० राज्य सभा सांसदले आफू विरुद्ध गम्भिर प्रकृतीको आपराधिक मुद्दा रहेको घोषणा गरेका छन् ।सम्पूर्ण संसद सदस्यहरुमध्य १५४ जनाले आफूलाई ऋण लागेको घोषणा गरेका छन् । यीनमा सबैभन्दा धेरै ऋण हुने शिर्ष तीन जनामा संजय दत्तात्रय ककडे(३ अर्ब ४ करोड ६० लाख भारु) , टि सुब्बरमी रेड्डी(१ अर्ब ७३ करोड ५९ लाख भारु) र जया बच्चन(१ अर्ब ५ करोड ६५ लाख भारु ) रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया