वासिंगटन, ११ चैत । अमेरिकाका विभिन्न शहरहरुमा बन्दुक नियन्त्रणको माग गर्दै हजारौंले प्रर्दशन गरेका छन् ।‘हाम्रो जीवनका लागि ¥यालीमा’ नाम दिइएको सो प्रदर्शनको नेतृत्व १७ जनाको ज्यान जाने गरी गत फेब्रुअरीमा फ्लोरिडास्थित एउटा विद्यालयमा भएको गोलीकाण्डमा बाँचेकाहरूले गरेका थिए ।वासिङटनमा हालसम्मकै सबैभन्दा ठूलो बन्दुक राख्न पाउने अधिकार विरोधी ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा सहभागी हुनका लागि वासिंगटनमा घन्टौंअघि देखि नै सर्वसाधारण जम्मा हुन सुरु गरेका थिए ।केयौं सहरमा माइली साइरस, आरियाना ग्राण्डे, पल मकार्टनी जस्ता चर्चित व्यक्तिहरू शिक्षक र विद्यार्थीहरूसँग ¥यालीमा सहभागी भएका थिए ।‘सहभागीहरूले बन्दुकलाई नभइ विद्यार्थीहरूलाई संरक्षण गर’ भन्ने माग गरिएका प्लेकार्डहरू बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया