शेयर बजारमा पहिरो : ४७ अंकको गिरावट

लोकपथ
70
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलवार शेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ४७.४९ अंकले घटेर २८२८ मा कारोबार रोकिएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ ।

२२३ वटा कम्पनीहरुले जम्मा ६ अर्ब ७२ करोड ३६ लाख १ हजार ८ सय ६९ रुपैँया बराबरको मात्रै कारोबार गरेका छन् । मंगलवार १ करोड ४४ हजार ३ सय ८१ कित्ता शेयर किनबेच भएको छ ।

No description available.

आज ७५ हजार ८ सय ८० पटक शेयर किनबेच भएको छ । आज लघुवित्त वित्तीय कम्पनीहरुको बाहेक अरु सबै उपसमूहहरुको कारोबारमा गिरावट आएको छ ।

मंगलवार सबैभन्दा बढी फाइनान्सक कम्पनीहरुको कारोबार ४.११ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअ फण्डको ०.४३ प्रतिशतले गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?