काठमाडौं । ह्युन्डाई कम्पनीको क्रेटा गाडीहरु भन्सार छली र नक्कली सवारी दर्ता किताब बनाई सवारी बिक्री गर्ने ४ जना पक्राउ परेका छन् ।
ग ३ च १४६२ र प्रदेश ३-०१ ०२४ च ०२५६ नम्बरका क्रेटा गाडी भन्सार छली काठमाडौं ल्याइ नक्कली सवारी दर्ता किताब बनाएर बेच्ने गरेको भन्ने विषेश सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हिजो सोमवार उनीहरुलाई गाडीसहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-७ चाबहिलको गोपीकृष्ण हल अगाडिबाट कमलबाबु भट्टलाई ग ३ च १४६२ नम्बरको सिरभर क्रेटासहित पक्राउ गरेको छ । उनको गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा किर्ते गरेको पाइएपछि प्रहरीले उनलाई गाडीसहित पक्राउ गरेको हो ।
त्यस्तै अनुसन्धानकै क्रममा भन्सार छली गरि ल्याइएको ग ३ च १४६२ र प्रदेश ३- ०१ ०२४ च ०२५६ नम्बरका सेतो रंगको क्रेटा गाडी अरुण खड्का, विशाल खड्का मधु सिलवालले लगेको लगेको भन्ने खुल्न आएपछि प्रहरीले भक्तपुरको सुर्य विनायक नगरपालिका-६ स्थित गणेश मन्दिरजाने सडकबाट अरुण खड्का र मधु सिलवाललाई पक्राउ गरिएको छ ।
अनुसन्धनाका क्रममा नक्कली सवारी दर्ता किताब बनाएको र सरकारी छाप किर्ते गरेको आरोपमा रेवती रमन निरौलालाई पक्राउ गरिएको छ । उनलाई काठमाडौंको पुरानो बानेश्वरको उनकै कोठाबाट विभिन्न सरकारी कार्यालयका छाप, प्रमाणपत्र, होलो ग्राम लाईसेन्स राहदानीसहित पक्राउ गरिएको छ ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया