काठमाडौं, ११ चैत । सोमबार नेपाल राष्ट्र बैंकले १३ अर्ब ३३ करोडको ट्रेजरीको बिक्री खुल्ला गर्ने भएको छ । सूचना जारी गर्दै राष्ट्र बैंकले ट्रेजरी खरिदका लागि सोमबार अपराह्न ३ बजेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ ।राष्ट्र बैंकका अनुसार कुुल ट्रेजरीमा २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको ४ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्बको रहेको छ ।यसमध्ये २८ दिनेको परिपक्व हुुने अवधि २०७५ वैशाख ११ गते, ९१ दिने अवधिको परिपक्व हुुने मिति २०७५ असार १२ गते, एक सय ८२ दिनेको परिपक्व हुने अवधि २०७५ असोज १६ गते र तीन सय ६४ दिने अवधिको परिपक्व हुुने मिति २०७५ चैत १२ गते तोकिएको छ ।गत चैत ५ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ६० करोड, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको तीन अर्ब ५६ करोडको ट्रेजरी बिक्री गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया