काठमाडौं । बर्दियामा एक सय रुपैयाँको निहुँमा एक पुरूषले ज्यान गुमाएका छन्।
सोमवार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूले ज्यान गुमाएका हुन्। थारूको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्। हत्या आरोपमा उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
मृतक लक्षिराम थारूले रक्सी खान भन्दै श्रीमती सीतासँग एक सय रुपैयाँ मागेको र सोही विषयमा उनीहरूबीच झगडा भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए। झगडापछि कुटपिट हुँदा लक्षिराम थारु घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबरपछि ईलाका प्रहरी कार्यालय ढोढरीबाट टोली खटिएको थियो।
उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया