काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाको टोलीले तेस्रो टी-ट्वेन्टी खेलमा १ रनको रोमाञ्चक जित दर्ता गरेको छ।
पाँच टी-ट्वेन्टी खेल शृंखलाको तेस्रो खेलमा मंगलवार वेस्ट इन्डिजले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएर मैदान उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको योगफल तयार गरेको थियो। दक्षिण अफ्रिकाका लागि विकेट किपर क्विन्टन डे ककले सर्वाधिक ७२ रन जोडे। त्यस्तै वेस्ट इन्डिजका लागि ओवेड मककोयले सर्वाधिक ४ विकेट लिंदा भेट्रान अल राउन्डर ड्वेन ब्रावोले ३ विकेट लिए।
जवाफी ब्याटिङमा १६८ रनको लक्ष्य बोकेर क्रिजमा उत्रेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि स्पिनर तब्राइज शमसीले व्यक्तिगत ४ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट बटुले।
शमसी खेलको ‘म्यान अफ दि म्याच’ पनि घोषित भए। यस जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा २-१ को अग्रता लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया