प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र नसर्ने

बुटवल, ११ चैत । प्रदेश नं. ५ का राजधानी बुटवलबाट नसर्ने प्रमुख दलका नेताहरुले बताएका छन् ।मुख्यमन्त्री शंकर पोखरेलले शनिबार प्रदेशको स्थायी राजधानी दाङ बनाउने बताएको भन्दै बुटवलामा प्रमुख दलका नेताहरुबीच बहस सुरु भएको छ ।तर, प्रदेश सरकारमा सहभागी दल माओवादी केन्द्रसँगै कांग्रेसका नेताहरुले राजधानी बुटवल नै हुने बताएका छन् ।कांग्रेस संसदीय दलका नेताले बलदेव शर्मा पोखरेलले आइतबार आयोजित एक कार्यक्रममा बोल्दै जो कोही जहाँ बोलेपनि प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र नसर्ने बताए ।त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले राजधानी सार्ने कुनै योजना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?