बुटवल, ११ चैत । बुटवलका व्यवसायी रमेश भण्डारी र निजको श्रीमती आशा भण्डारीको हत्याका मुख्य आरोपि पक्राउ परेको छ ।बुटवल जेसिसचोक स्थित विष्णु भण्डारी स्टोर्समा दाम्पती भण्डारी व्यापार व्यवयास गरी बसिरहेको अवस्थामा २०६७ असार ९ गते उनीहरुको हत्या गरीएको थियो । उनीहरुलाई लु७प ५७२३ र लु४प७०१७ नं.को मोटरसाइकलमा आएका श्याम प्रसाद विक, कृष्ण गौतम, शम्भु गौतम र अर्जुन गौतमले गोली हानी हत्या गरेका थिए ।उनीहरुले पसलबाट पैसा निकाल्न खोज्दा आशा भण्डारीले रोक्न खोज्दा अर्जुन गौतलले आफ्नो साथमा भएको पेस्तोलबाट भण्डारीलाई २ राउण्ड र उनी श्रीमती आशालाई १ राउण्ड गोली हानी हत्यारी गरी पसलबाट ५ लाख १८ हजार रकम लुटी फरार भएका थिए ।गोली प्रहारबाट आशा भण्डारीको तत्काल घटनास्थलमा मृत्यु भएको थियो भने रमेश भण्डारीको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।सो घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद बि.क, पुरन श्रीस, राजु गलामी समेत पक्राउमा परी तत्कालको रुपन्देही जिल्ला अदालतको आदेशले थुनामा राखेका थिए ।उक्त घटनाका सुटर अर्जुन गौतम तथा कृष्ण गौतमको लामो समय देखी खोजतलास भई रहेको थियो । मुख्य हत्यारा अर्जुन यहि चैत १० गते भारतबाट घर आउँदै गरेको विषेश सूचनाको आधारमा रुपन्देहीको बेलहीयाबाट पक्राउ गरिएको थियो ।पक्राउ परेका मुख्य अरोपी अर्जुन गौत यसभन्दा अगाडी पनि २०६५ फागुन २१ गते अटोमेटीक पेस्तोल थान १, ऐको गोली १२ राउण्ड सहित पक्राउ परेका थिए । उनी माथि हातहतियार खरखजाना मुद्दा दर्ता भई तत्काल पुर्पक्षको लागि थुनामा समेत राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया