सिरहा । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरि आज बाट सञ्चालनमा ल्याएको छ ।
सिरहाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको बैंकको दाबी रहेको छ । बैंकका अनुसार नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
साथै बैंकले देशभर आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ । यसैगरी बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया