राष्ट्र बैंकलाई लघुवित बैंकर्श संघको सुझाव : हकप्रद शेयर खोल्ने देखि कर्जा पुनर्तालिकीकरणसम्म (विज्ञप्तिसहित)

लोकपथ
91
Shares

काठमाडौं । नेपाल लघुवित्त बैंकर्श संघले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माण गरिरहेको नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

संघले हकप्रद शेयर खोल्ने देखि कर्जा पूनरतालिकीकरण लगायत विभिन्न १४ बुँदामा सुझाव पेश गरेको छ । त्यस्तै, संघले निश्चित मापदण्ड तोकेर लघुवित्त कम्पनीहरुलाई हकप्रद शेयर तथा ऋणपत्र लगायत अन्य वित्तीय उपकरणहरु निष्काशन गर्न पाउनु पर्ने व्यवस्था गर्न सुझाव दिएको छ । लघुवित्त कम्पनीहरुले पनि बैंक बाहेकका अन्य संस्था जस्तै नागरिक लगानी कोष, कर्मचारी संचय कोष, बिमा कम्पनीहरुबाट लघुवित्त क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा अन्य लगानीको व्यवस्था गर्न संघले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

त्यस्तै, कोरोना तथा प्राकृतिक प्रकोपका असरका कारण भाखा नाघेको लघुकर्जाको साँवा तथा व्याजको किस्ताको भुक्तानी अवधि एक पटकमा ६ महिनासम्म थप गर्ने व्यवस्थालाई विशेष जोड दिनुपर्ने संघको माग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?