शेयर बजारमा १९ अंकको सुधार

लोकपथ
119
Shares

काठमाडौं । बिहिवार शेयर बजारमा केही सुधार देखिएको छ । आज शेयर बजार १९.१२ अंकले बढेर २८४३ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

आज २२४ कम्पनीहरुले ६ अर्ब ७० करोड ७७ लाख ७५ हजा् ४ सय ८४ रुपैँया बराबरको कारोबार गरेका छन् । त्यस्तै, आज ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयरको कारोबार भएको छ । आज ७ हजार १ सय ९८ पटक कारोबार भएको छ ।

No description available.

आज निर्जीवन बीमा कम्पनी बाहेक अरु सबै उपसमूहहरुको कारोबार बढेको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन क्षेत्रको कारोबार ३.९४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त कम्पनी र उत्पादनमुलक कम्पनीहरुको ०.०४ प्रतिशतले कारोबार बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?