रुसको सपिङ मलमा आगलागीः ३७ जनाको मृत्यु, ६४ जना सम्पर्कविहिन

रुस, १२ चैत । सुरुको साइबेरियामा रहेको एक सपिङ सेन्टरमा आगलागी भएको छ । अगलागीमा परी ३७ जनाको मृत्यु भएको छ भने ६४ जना अझै हराइरहेका छन् ।साइबेरियाको कोइला खानी शहर केमेरोभोमा अवस्थित एक सपिङ मलमा स्थानीय समय अनुसार साँझ ५ बजे आगलागी शुरु भएको थियो ।सो सपिङ मलमा रहेका ४१ जना बालबालिकासहित ६४ जना अझै सम्पर्कविहिन रहेका छन् । आगलागीका कारण उक्त भवनको विभिन्न भाग भत्कने खतरा रहेको छ ।विन्टर चेरी कम्प्लेक्सको माथिल्लो भागबाट आगलागी लाग्न सुरु भएको बताइएको छ । सो आगलागीमा मृत्यु हुने धेरै मानिसहरु सिनेमा हलमा रहेका थिए ।स्थानीय अधिकारीका अनुसार उद्धारका लागि ६६० जना विपत् व्यवस्थापनका कर्मचारी खटाइएको छ ।आगलागीको कारण अझै पत्ता लागेको छैन । यसबारे अनुसन्धान शुरु भइसकेको छ ।सिनेमा, हल, रेस्टुरेन्ट, साउना, बलिङ एले र चिडियाखानासमेत रहेको यो मल सन् २०१३ मा खुलेको थियो ।आगलागीमा परि मृत्यु भएका ३७ जना मध्ये धेरैको पहिचान गर्न समस्या रहेको बताइएको छ । मृत्यु ३७ जना मध्ये ९ जना बालबालिका समेत रहेका छन् ।मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?