काठमाडौं । २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । ४ जना युवकलेले २२ वर्षीया युवतमिाथि सामूहिक बलात्कार गरेका हुन् ।
यो घटना भारतको राजस्थानको हो । ती यूवतीमाथि २०१९ अप्रलिमा ४ जनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कार गर्ने क्रममा आरोपितहरुले उनको भिडियो बनाएका थिए ।
पछि पनि भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिदै उनीमाथि बलात्कार गर्दै आइरहेका थिए ।
युवतीले आफ्नो मोबाइल नम्बर फेरेपछि उनीहरुले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
भिडियो अपलोड भएपछि युवतीले प्रहरीकोमा उजुरी दिइन् । उजुरी पछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले २ जना आरोपितलाई पक्राउ गरेको छ ।
साथै प्रहरीले फरार २ जनाको खोजी कार्य जारी रहेको भारतीय प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया