काठमाडौं– नेकपा एमालेको एकताका लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन्।
दुवैपक्षका दोस्रो तहका नेता फेरि छलफलमा जुटेका हुन्। अहिले ललितपुरको कुपण्डोलस्थित होटल समिटमा दुवैपक्षका नेताहरुबीच छलफल चलिरहेको छ।
वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार बोलाइएको केन्द्रीय कमिटी बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई तीन दिनभित्र हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया