काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधान र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
बैठक शुरू हुनुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको थियो । दुवै पक्षका दोस्रो तहका नेता एमाले एकता जोगाउन आजै कुपन्डोलस्थित एक होटलमा छलफल गरेका थिए।
यसअघि, शुक्रवारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २३ सांसदलाई सोमवार साँझसम्म हस्ताक्षर फिर्ता लिने समय दिएको छ । उक्त बैठक खनाल–नेपाल समूहले भने बैठक बहिष्कार गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया