‘बी एण्ड सी हस्पिटललाई सम्बन्धन दिने, सरकारले चलाउने कि बन्द गर्ने ?’- दुर्गा प्रसाईं

काठमाडौँ-  बी एण्ड सी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एंवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजबारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन्।

प्रसाईंले काठमाण्डौमा शनिवार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धत दिन वा सरकार आफैंले सञ्चालन गर्न वा सधैं  लागि बन्द गर्ने विषयमा अविलम्बन स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनले हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्दर्भमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भुमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले गिरी आयोगको उपाध्यक्ष हुन समेत कानुन अनुसार अयोग्य रहेको दाबी कार्यकारी निर्देशक प्रसाईले गरे । प्रसाईले आयोगका उपाध्यक्ष गिरिले आफुसंग २० करोड घुस मागेको दाबी पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?