सानेपामा भारतीय नागरिक आफ्नै कोठामा मृत फेला, हत्याको आशंका

लोकपथ
399
Shares

काठमाडौं । ललितपुरको सानेपामा एक जना भारतीय आफ्नै कोठामा मृत फेला परेका छन् ।

ललितपुर महानगरपालिका–२ सानेपा स्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिकको शव घोप्टो अवस्थामा फेला परेको प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले लोकपथलाई जानकारी दिइन् ।

भारत राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको हो ।

“घोप्टो परेको अवस्थामा शव फेला परेको छ । कोठा भित्र टिभि खुल्ला थियो । घरको दोस्रो तलामा शव भेटिएको छ । घटनास्थलमा रगत देखिएको छ ।” एसएसपी बज्राचार्यले बताइन् ।

“ढोका भित्रबाटै बन्द भएको र किचेनको झ्यालबाट अभियुक्त भित्र पसेको जस्तो देखिन्छ ।” बज्राचार्यले बताइन् ।

घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरिएको छ । उनको हत्या भएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?