काठमाडौं । बागमती प्रदेश सभाको बैठक ४ घण्टाका लागि सारिएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रयोजनाका लागि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।
बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षकै सांसदहरुले असन्तुष्टि जनाएपछि पूर्व निर्धारित मितिमा बैठक नबस्ने भएको हो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु बजेटको विपक्षमा देखिएपछि बैठक ४ घण्टाको लागि सरेकोे हो ।
त्यस्तै आज नै सभामुखले बजेटबारे छलफलका बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया