ललितपुर, १२ चैत । ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन् ।कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै शुरु गर्नुपर्ने व्यवस्था भएपनि पुस्तौँदेखि सञ्चालित पसल दर्ता नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताए । दर्ता भएका पसलमध्ये पनि धेरैजसो नविकरण भएका छैनन् ।दर्ता भएर व्यवसाय शुरु गर्दा पाइने सुविधाका बारेमा कतिपय व्यवसायीलाई जानकारी छैन । उनले भने, “कतिपय व्यवसायीलाई जानकारी नै छैन, जानकारी भएकाहरुले वेवास्ता गरिरहेका छन् ।” व्यवसायीले दर्ता र नविकरण गर्न झन्झट मान्ने गरेका छन् ।नगरका भित्रि भाग र महानगरपालिकामा अहिले गाभिएका साविक गाविस दुवैतिर दर्ता नभई सञ्चालन भएका मासु पसल धेरै रहेको प्रमुख साह बताए ।पुस्तौँदेखि मासु बेच्दै आएका कतिपय व्यवसायी मासु पसल दर्ता गर्न आवश्यक ठान्दैनन् । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सुधार हुने उनको भनाइ छ । स्थानीय निकायले पूर्णरुपमा काम गर्न थाल्दा पसलको दर्ता बढ्न सक्छ ।उनले भने, “वडा कार्यालयमा सेवा शुरु भएमा दर्ता प्रक्रियामा आउन सक्छन् ।” उपमहानगरपालिका हुँदासम्म यहाँ झण्डै ३०० मासु पसल दर्ता थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया