एसईईको आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने बोर्डको तयारी

लोकपथ
203
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने तयारी थालेको छ ।

साउनभित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य लिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पाध्यापक चन्द्रमणी पौडेलले लोकपथलाई जानकारी दिए ।

“शुक्रवार नेपाल सरकारलाई हामीले पत्राचार गरेका छौं । सरकारको निर्णयसँगै अगाडि बढ्छौं ।” उनले भने ।

“विद्यालयहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्यांकन गरेको नम्बर पठाएका छन्,ती नम्बर यो महिनाको मसान्तसम्ममा बोर्डमा आएपछि नतिजा प्रकाशित हुने हो । हामी नतिजा साउनभित्र प्रकाशित गर्ने तयारीमा लागेका छौं ।” पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?