काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् ।
शुक्रवार बसेको बैंकको ४९० औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्थामा २५ वर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् । भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि बटुल्न सफल भएको बैंकले जनाएको छ ।
व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ Nepal Finance Institution Association / Development Banker’s Association मा लामो समयसम्म आवद्घ रहेकी थिइन् । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम समेत गरिसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया