राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आजबाट शुरु

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षण आज ‘आइतवार’बाट शुरू भएको छ।

राष्ट्रिय टोलीका केही खेलाडी र अफिसियलमा कोरोना संक्रमण देखिएपछि गत ‘जुलाई १’ तारीखबाट शुरू हुने भनिएको बन्द प्रशिक्षण एक साता पछाडि धकेलिएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक बन्द प्रशिक्षणमा ५० जना खेलाडी बोलाएका छन्।

आगामी ‘साफ च्याम्पियनशिप’ तथा चीनमा हुने ‘एएफसी एसियन कप’ प्रतियोगिताका लागि नेपाली टोलीले आफ्नो अभ्यास थालेको हो। राष्ट्रिय टोलीको अभ्यास सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ‘एन्फा’को मैदानमा आजबाट शुरु भएको छ।

बन्द प्रशिक्षणको लागि बोलाइएका खेलाडी

अर्पण कार्की (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), दिप कार्की (गोलरक्षक), किरण कुमार लिम्बू (गोलरक्षक), आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिकचेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, पवि पासवान, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

राष्ट्रिय टोलीको प्रशिक्षण तस्वीरमा

तस्वीर: एन्फा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?