युरोकप र कोपा अमेरिकामा सट्टेबाजी गराउने ८ जना पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गराउने ८ जना पक्राउ परेका छन् ।

अनलाइनमार्फत् सट्टेबाजी खेलाएको अभियोगमा ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

टोलीले उनीहरुलाई ३४ लाख ६५ हजार ५०५ रुपैयाँसहित सोमवार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं-४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं-१९ ढोकाटोलका ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका-७ घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका-५ घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर-७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

यस्तै, पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक पनि रहेका छन् । बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल छन्।

इन्द्रचोक, मरूटोल, न्युरोड, क्षेत्रपाटी, गौरीघाटलगायत ठाउँमा उनीहरूले ह्वाटसअपमार्फत् नगदी कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?