किमको विशेष रेल चीनमा देखिएपछि हल्लीखल्ली

काठमाडौँ, १३ चैत- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको र उनका परिवालले विगतमा प्रयोग गर्दै आएको रेल बेइजिङमा देखिएपछि विश्वभर हल्ली खल्ली मच्चिएको छ ।उत्तर कोरियाका नेताहरु पछिल्लो चीन भ्रमणको समयमा बास बस्ने ‘डिआयोयुटाई स्टेट गेस्टहाउस’मा बाक्लो सुरक्षा पहरा लागेको छ । प्रहरीले उक्त गेस्टहाउस वरपर पत्रकारहरुलाई पनि बन्देज गरिरहेका छन् ।पुरानो शैलीको हरियो ट्रेन बेइजिङ्गमा आइपुगेको तस्विर स्थानीय समय अनुसार सोमबार बेलुका देखिनै इन्टरनेटमा शेयर हुन थालेको थियो । यसले गर्दा उत्तर कोरियाका उच्च अधिकारी र सम्भवत किम जोङ्ग उननै चीनमा आएको अनुमान गरिएको छ ।समाचारहरुमा उक्त ट्रेन विगतमा उत्तर कारियाली नेताहरु विदेश भ्रमणमा जाँदा चढ्ने रेलजस्तो रहेको भनिएको छ ।यो खबर पहिलो पटक जापानी सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका थिए ।यदी यो खबर सही ठहरिएमा यसले आउँदो हप्ताबाट किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनबीच योजना बनाइएको शिखर वार्तामा बेइजिङ्ग र प्योङ्गयाङ्गबीच नजिकको सहकार्य रहेको दर्शाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?