रियल प्रेम जोडी प्रियंका र आयुष्मानको रिल रोमान्स

काठमाडौँ, १३ चैत- अभिनेत्री प्रियंका कार्की रियल लाइफका प्रेमी आयुष्मान देशराज जोशीसँग रिल लाइफमा पनि रोमान्स गर्ने भएकी छन् । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने चलचित्र ‘चङ्गा चेट’मा उनले प्रेमी जोशीसँग रिलका लागि रोमान्स गर्न लागेकी हुन् ।मंगलबार चावहिल स्थित गणेस्थान मन्दिरमा पूजाआजा चलचित्रको औपचारिक सुरवात गरिएको छ । चलचित्रमा यी दुबै कलाकार मुख्य भुमिकामा रहनेछन् ।काठमाडौं, धरान, जनकपुर लगयातका स्थानमा छायाँकन गरिने चलचित्र ‘चङ्गा चेट’का निर्मातामा माधव वाग्ले हुन् । माधवले निर्देशक दीपेन्द्रलाई २५ लाख पारिश्रमिकमा चलचित्रका लागि अनुवन्धित गरेका हुन् ।कार्यक्रममा प्रियंका र आयुष्मानसँगै सुरक्षा पन्त, माउत्से गुरुङ, रविन्द्र झा, सन्दिप क्षेत्रीलगायतका कलाकार उपस्थित थिए । डार्क कमेडी जनरामा निर्माण हुन लागेको चलचित्र सुटिङ करीब एक महिना चल्ने निर्देशक खनालले जानकारी दिए ।चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, परमिता आर.एल. राना, आसिफ शाह लगायतका कलाकारहरुको समेत अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । निरक कँडेलको छायाँकन रहने चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?