मस्को, १२ चैत – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको जानकारी दिएका छन ।रुसको केमेरोभो सहरमा आइतबार राति भएको आगलागीको घटनाको स्थलगत निरीक्षण गरी सो प्रतिक्रिया दिएका हुन ।उनी मङ्गलबार बिहान सो घटनास्थलको निरीक्षणका लागि गएका थिए । त्यस अवसरमा उनले भने– यसमा हेलचक्र्याइँ त छ नै, त्यो पनि आपराधिक प्रकृतिको छ त्यसका कारणले यो दुर्घटना भएको हो ।यस्ता प्रकृतिका दुर्घटनाहरु अब हुन नदिन सतर्क रुपमा कामगर्न पनि उनले सबैलाई निर्देशन दिएका थिए ।उनले यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन ।यस घटनामा घाइते भएका व्यक्ति र ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समेत आवश्यक सहयोग गर्न उनले आदेश दिएको समाचारमा जनाइएको छ ।आगलागीमा मृत्युहुने ६४ जनायसैबीच रसियाको दक्षिणीपश्चिमी प्रान्त साइबेरियाको केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा भएको सो आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।उक्त ‘सपिङ्ग मल’ मा चार तलाबाट आगो सुरुभएको रसियाली अनुसन्धान समितिले सोमबार नै जानकारी दिएको थियो ।स्थानीय समयानुसार आइतबार अपराह्नबाट नै सुरु भएको सो आगलागी सोमबार बिहानीपख मात्र नियन्त्रणमा आएको र रातभर आगलागी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।यस आगलागीमा परेर मारिएकामा १३ जना बालबालिकासहित २५ व्यक्तिको मात्र परिचय खुलेको रुसका स्वास्थ्यमन्त्री भेरोनिका स्कभोर्तसोभाले बताएका छन ।परिचय खुलेका ती बालबालिका भने ४ देखि १३ बर्षसम्मका रहेका थिए । सो मलमा रहेको चलचित्र प्रदर्शनी हलमा चलचित्र हेर्न आएका बालबालिका सो आगलागी परेका प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।रसियाली संकटकालीन व्यवस्थापन मन्त्री भ्लादिमिर पुचकोभले यस आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६४ पुगेको तर सबैको परिचय भने नखुलेको बताएका छन ।यद्यपी यस आगलागीमा परी बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पनि पुष्टि भएको छ्रैन । यसअघि प्राप्त जानकारीअनुसार आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता भएका र जसमध्ये ४१ जना बालबालिका रहेका थिए ।अनुसन्धानको लागि यस कम्पनीका प्रमुख, घर मालिकलगायत पाँच व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया