– कर्मसहि घर्तिमगरसदरमुकाम गोलखदा या रुकुमकोट ? भन्ने कुरा निकै गरमागरम रूपमा चलेको अबस्था छ । फेसबुकका भित्ता , अनलाइन खवर र स्थानीय पत्रिकाहरुमा यो विषयले निकै तताएको अवस्था छ । यहि विवादले गर्दा यहाँको विकास निर्माणमा पनि असर गरेको छ ।भर्खर छुट्टै जिल्ला भएर छुट्टिएको जिल्ला झन सदरमुकामको विवादले पछाडि परेको आभास भैरहेको छ । सबै रुकुम पूर्वका जनसमुदायको यसप्रति ध्यानाकर्षण भएको छ । गाउँदेखि केन्द्रसम्म यो विषयले खुबै चर्चा बटुलेको छ । गत चैत्र ११ गते काठमाण्डाैंमा बसेको सर्बदलिय बैठकमा बोतल हानाहानको स्थितिमा पुगेको हल्ला सुनिएको छ । क्षेत्र नं १ का माननीय तेज बहादुर वलीले आफ्नै क्षेत्रका सरोकारवालाहरुलाई ” तिमीहरुको धम्किले म डराउँदिन र मेरो समर्थन रुकुमकोटलाई हो ” भनेर आफुलाई जिताएका क्षेत्रका जनसमुदायलाई आँच आउने अभिव्यक्ति दिनु साँच्चिकै दुखद कुरा हो ।
कसैले रातारात सदरमुकाम आफ्नो गोजीबाट दिने कुरा हैन । नेताहरुले आफुलाई पायक पर्ने ठाउँमा सदरमुकाम राख्ने कि सिंगो जनसमुदायलाई समेट्ने ठाउँमा सदरमुकाम राख्ने ? नेताको दूरदर्शिता यतिबेला हेरिनेछ । जनताको खास नेताले यो वा त्यो ठाउँमा भन्दा पनि कहाँ राख्दा सिंगो हिमाली जनसमुदायलाई न्याय हुन्छ यो बिषय होला नि हेर्ने त ? कि सिस्ने गाउँपालिका भूगोल सानो भए पनि जनसंख्या बढि छ भनेर एक मात्र सदरमुकाम भनेर दाबी गर्नु ? आफ्नो चुनावी रणनीति मात्र हेरेर जनसमुदायमाथि कुठाराघात गर्नु ?
यो कुनै सामान्य जनताको आवाज हैन । मान्यज्युको आवाज हो । यसले निकै तरङ्ग ल्याएको अवस्था हो । जुन कुरा यदि साँचो हो भने यो क्षेत्रका जनताले उनलाई बहिस्कार गर्ने हल्ला पनि चलेको छ । यसबारे उनको धारणा बाहिर आउनै पर्छ । जनसमुदाय यतिबेला उनको अभिव्यक्तिले आक्रामक भएको स्थिति छ।कुन नेताले कतिसम्म बोल्न हुन्छ हुन्न भन्ने हेक्का हुनु पर्ने हो । हुन त रिसको बेला बेद पढिन्ने भन्ने जस्तै धारणा जो छ । सदरमुकाम विवादमा आफ्ना चिसोपनलाई पनि घोलेर सिंगो क्षेत्रलाई अन्याय हुने कामकार्य गर्नु विडम्वनाको कुरा हो । भविष्यमा यस्तो होला भनेर पहिले नै गम्भीरतापूर्वक सोच विचार गरेर सदरमुकामको बारे आफ्नो धारणा राखेको भए सायद अहिले आएर यस्तो अफ्ठेरो परिस्थितिले जन्मधारण गर्ने थिएन ।अर्को कुरा , सदरमुकाम जस्तो गहन बिषयलाई गुपुचुप र छलछामको नजीरले हेरिनु र खुसुक्क रुकुमकोटलाई अगाडि सारिनु रुकुम पूर्व ( नयाँ जिल्ला ) का जनसमुदायको मर्ममाथिको आक्रमण हो । खासमा रुकुमकोट पहिला रुकुम पूर्वको माथिल्लो खाम कलष्टरसँगै समेटेर नयाँ हिमाली जिल्ला बनाउने हो वा रुकुम पश्चिममै पर्ने भन्ने अन्याैलमा परेको ठाउँ हो । तर पश्चिम रुकुममा परे पछि आफ्नो राजनीतिक अस्तित्व समाप्त हुने खतराको संकेत पाइसकेका बाठा नेताहरुले रातारात पूरै सिस्ने गाउँपालिका भरिलाई रुकुम पूर्वमा गाभेर रुकुमकोटलाई अस्थाई सदरमुकाम अर्थात कामचलाऊ सदरमुकाम बनाईएको बिदितै छ ।यसैलाई स्थाई सदरमुकामको बढावा कतिपयले दिए । तथापी स्थाई मुकामको बारे कसैले आफ्नो धारणा बाहिर नल्याएको स्थिति मात्र हो । स्थाई मुकामको बारेमा कुनै पनि बहस नहुँदै हतार हतारमा अस्थाई सदरमुकाममा जिल्ला अदालत लगायत अन्य कार्यालय धमाधम खोलिन थाले । यसले सबैको ध्यान आकर्षित भएको थियो । सायद गोलखदा सदरमुकाम नतोकिएको भए कुनै बहस बिना रुकुमकोटलाई नै सदरमुकाम तोक्ने प्रपञ्च रचिएको अहिले खुल्नमा आयो ।जतिसुकै षड्यन्त्र र तिकडमले सिंगो जनसमुदायको समर्थन बेगर रुकुमकोटलाई रातारात सदरमुकाम बनाउने योजना बनाए पनि त्यो स्वीकार्य हुने थिएन भन्ने कुरा पछिल्लो सदरमुकाम विवादले बताएको छ ।
जनतालाई लडाएर भिडाएर नयाँ हिमाली जिल्लालाई अझै निकास नदिनु नेताहरुकै हेलचेक्र्याइँ हो । के जनप्रतिनिधिको योग्यता भनेको यहि हो ?
सदरमुकाम भनेको सानो कुरा हैन । यस्तो कुराको लागि व्यापक रूपमा छलफलबाट सहमतीय आधारहरु खोजिनु पर्ने हो , त्यो खोजिएन । हल्का रूपमा यसको अवधारणा कोरियो । मानाैं , तल्लो भेकका कतिपय ठालूहरूले हेपेर भने जस्तो पर्वतेहरुलाई ठगेर र गुमराहमा पारेर भए पनि सदरमुकाम रुकुमकोटमा बनाउनु । तर समयले धेरै कोल्टे फेरेको अवस्था छ ।अबका दिनमा कसैले कसैलाई ठगि खाने जमानाको अन्त्य भएको कुरा आफुलाई साना रजाैता ठान्ने महासयहरूलाई हेक्का हुनु पर्ने हो । यदि यस्तै गैह्र जिम्मेवार दंगबाट कसैले अन्याय पूर्वक अवहेलनाका तरबार उठाउँछ भने लडाईको रूप विकराल हुने कुरामा दुविधा छैन ।कसैले रातारात सदरमुकाम आफ्नो गोजीबाट दिने कुरा हैन । नेताहरुले आफुलाई पायक पर्ने ठाउँमा सदरमुकाम राख्ने कि सिंगो जनसमुदायलाई समेट्ने ठाउँमा सदरमुकाम राख्ने ? नेताको दूरदर्शिता यतिबेला हेरिनेछ । जनताको खास नेताले यो वा त्यो ठाउँमा भन्दा पनि कहाँ राख्दा सिंगो हिमाली जनसमुदायलाई न्याय हुन्छ यो बिषय होला नि हेर्ने त ? कि सिस्ने गाउँपालिका भूगोल सानो भए पनि जनसंख्या बढि छ भनेर एक मात्र सदरमुकाम भनेर दाबी गर्नु ? आफ्नो चुनावी रणनीति मात्र हेरेर जनसमुदायमाथि कुठाराघात गर्नु ? अब हाम्रा नेता र जनप्रतिनिधिहरुले गम्भीरतापूर्वक सोँच्नु पर्ने बेला यो हो ।अझै पनि विकट ठाउँबाट रुकुमकोट पुग्न २ दिन लाग्छ । तर गोलखदामा प्रत्येक वडाबाट पुग्न एकदिन मात्र लाग्छ । यो सबैलाई पायक पर्ने ठाउँ हो । यति सरल कुरालाई किन बङ्ग्याउन खोज्नु ? जनतालाई लडाएर भिडाएर नयाँ हिमाली जिल्लालाई अझै निकास नदिनु नेताहरुकै हेलचेक्र्याइँ हो । के जनप्रतिनिधिको योग्यता भनेको यहि हो ? निकास छिटो चाहियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया