कुनै सूचना भएको भए हामी दिइसक्थ्यौँ–विदेश प्रवक्ता हुवाबेइजिङ, १३ चैत – उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ ।उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भनेका छन ।उनले भने– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन ।हामीले यस विषयमा कुनै सूचना प्राप्त ग¥यौँ भने त्यसलाई सार्वजनिक गर्नेछौँ– बेइजिङमा मङ्गलबार आयोजित विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले सो जानकारी दिए ।यसअघि केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुग्नुभएको समाचार आएको थियो ।जापानी केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए ।तर त्यस समाचारमा के कति सत्यता छ भन्ने बारेमा भने अझै पुष्टि हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया