काठमाडौं । बारामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका-१३ डमरपुर बस्ने २२ वर्षीय राज कुमार स्याङतानलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
स्याङतानले विवाह गर्छु भन्दै विभिन्न प्रलोभनमा पारी ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया