वर्षाले हुन सक्ने इन्फेक्सनलाई रोक्ने ४ काँढा

लोकपथ
238
Shares

अहिले हाम्रो देशमा बर्षात्को मौसम रहेको छ । बर्षात्को मौसममा पानीमा भिजेर होस् वा पानीको धेरै सम्पर्कमा आएर मानिसहरूलाई धेरै किसिमका समस्याहरू देखा पर्ने गरेको छ ।

बर्षात्को मौसममा सुक्ष्मजीवहरु ब्याक्टेरिया, भाइरस, फङ्गसको विकास तीव्र रूपमा हुने गर्छ । यस्ता जीवाणुहरू मानिसको सम्पर्कमा आएपछि धेरै किसिमका समस्या (इन्फेक्सन) हरू जस्तो रुघा–खोकी, ज्वरो, घाँटी दुख्ने जस्ता किसिमका समस्याहरू देखिन्छ । यस्ता जीवाणुहरूको सङ्क्रमण रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) बढी भएकालाई कमै सङ्क्रमित गर्छ । तर इम्युनिटी पावर कम भएका व्यक्तिलाई बढी नै सताउने समेत गर्छ ।

बर्षात्मा हुने यस्ता किसिमका समस्याहरू हुन नदिन तपाईँहरूले नियमित रूपमा भान्छामै तयार गर्न सकिने काँढालाई पिउने गरेमा बर्षात् महिनामा हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न सकिन्छ ।

मरीच, ज्वानो, तुलसी र अदुवा 

अदुवालाई राम्ररी सफा गरेर स–सानो टुक्रा बनाउने । एक गिलास पानीमा स–साना टुक्रा पारेको अदुवा, एक चम्चा ज्वानो, ४–५ वटा तुलसीको पात, एक चिम्टी मरीचको धुलो हालेर उमाल्नु होस् । उमालेको पानी आधा भएपछि यसलाई पिउने गर्नु भएमा बर्षात् हुने इन्फेक्सनहरूलाई धेरै कम गर्न मद्दत गर्छ ।

मरीच र बिरे नुन

एक गिलास पानीमा ४–५ टुक्रा मरीचको गेडालाई हालेर उमाल्ने । यसरी उमाल्दा पानी आधा भएपछि स्वाद अनुसार बिरे नुन हालेर पिउँदा बर्षात्को मौसममा हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न मद्दत गर्छ ।

सेतो प्याज

सेतो प्याजलाई राम्ररी सफा गरेर स–सानो टुक्रा बनाउनु होस् । यसरी टुक्रा पारेको प्याजमा एक गिलास पानी हालेर उमाल्नुहोस् । पानी उमालेर आधा भएपछि यसमा सख्खर मिसाएर पिउनाले बर्षात्ले हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न मद्दत गर्छ ।

सख्खर, मरीच र जिरा

जिरा, सख्खर र मरीचको काँढा बनाउन आधा चम्चा मरीच, एक चम्चा जिरालाई एक गिलासमा पानी हालेर उमाल्नुहोस् । यसरी उमाल्दा पानीको भाग आधा नहुन्जेल उमाल्नुहोस् । यसरी तयार भएको काँढालाई सख्खर मिलाएर दिनको २–३ पटक पिउने गर्नु भएमा बर्षात्ले हुने इन्फेक्सनहरूलाई रोक्न धेरै मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?