सर्वाेत्तम सिमेन्टको सफलता : उत्कृष्ट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त

लोकपथ
91
Shares

काठमाडौं । सर्वोत्तम समेन्ट लिमिटेडले नेपाल गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । जुन नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये उत्कृष्ट ग्रेड हो ।

सर्वोत्तमले आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर कायम गर्दै आइरहेको छ । त्यसैगरी धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्ट देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरु जस्तै धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा बीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको छ ।

अब यस ब्राण्डले उक्त ४३ ग्रेडका सिमेन्टहरु उत्पादन गरी गुणस्तरमा एक नयाँ आयाम प्राप्त गरेको कम्पनीको विश्वास रहेको छ ।

नवलपरासी जिल्लामा रहेको सर्वोत्तम सिमेन्टले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आइरहेको कम्पनीकोे दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?